site stats
बाह्रखरी :: Baahrakhari
देश
गुल्मीमा पहिरोमा परी चारजनाको मृत्यु, दुई घाइते
ताप्लेजुङ पहिरोको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । गुल्मीमा पहिरोमा परी चारजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । मंगलबार बिहान मुसिकोट नगरपालिका–१, बिसौनामा पहिरो खस्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय विष्णु विकको घर पहिरोमा पुरिएको थियो । पहिरोमा परी दुई वर्षीया बालिका रियन्सी विक, ४५ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक र ६६ वर्षीया मसुरी विकको मृत्यु भएको हो ।

घाइते अवस्थामा उद्धार गरिएका दुईजनाको उपचार जारी छ । स्थानीय स्वास्थ्य संस्थामा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रामकुमार केसीले बाह्रखरीलाई जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्