site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तरीको रूपनीमा भारी वर्षा, दिउँसो २ बजेसम्म सावधानी अपनाउन आग्रह 

काठमाडौं । सप्तरी जिल्लाको रूपनी बजार र आसपास भारी भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भएर बहने मौली खोला, खाडो खोलालगायत अन्य साना खोलामा बहाव बढ्ने विभागको भनाइ छ । 

नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।  
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्