site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्रष्टा सम्मान तथा कवि गोष्ठी सम्पन्न 

काठमाडौं । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा विभिन्न सर्जकहरूलाई सम्मान गरिएको छ । उक्त अवसरमा कविता गोष्ठी समेत गरियो । 

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा संस्थाले कवि जमुना पौडेललाई सम्मानित गरेको छ । 

कार्यक्रममा कविहरू हरि कट्टेल, प्रयाग न्यौपाने, उमेश लुइँटेल, मीनकुमार नवोदित, लक्ष्मी रायमाझी, भवानीप्रसाद पोखरेल, रोहिणी रसिक, रेनुका राई, उमानाथ भट्टराई लगायतले आफ्ना आफ्ना रचना वाचन गरेका थिए । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्