site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदी/खोलामा छ आज बाढीको जोखिम 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । 

इलाम, झापा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलामा आज आकस्मिक बाढीको जोखिम रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने विभागले जनाएको छ । 

 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्