site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेशमा लड्दा केन्द्रीय सदस्य गुमाएका रिजाल सल्लाहकार परिषद्‌मा मनोनीत 

काठमाडौं । नेकपा (एमाले)ले लुम्बिनी प्रदेशको निर्वाचन लड्दा केन्द्रीय सदस्य गुमाएका हरि रिजाललाई केन्द्रीय परिषद्‌मा मनोनीत गरेको छ । 

बिहीबारको सचिवालय बैठकले प्युठानका रिजाललाई सल्लाहकार परिषद्‌मा मनोनीत गरेको हो । लुम्बिनी प्रदेशको निर्वाचनमा उनी राधाकृष्ण कँडेलसँग पराजित भएका थिए । 

निर्वाचनमा पराजित भएपछि उनले पार्टीको निर्णयअनुरुप केन्द्रीय सदस्य पद गुमाएका थिए । महासचिव शंकर पोखरेल निकट रिजालले हिजोको बैठकबाट नयाँ जिम्मेवारी पाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्