site stats
बाह्रखरी :: Baahrakhari
देश
डडेल्धुरामा मृत चितुवा फेला

डडेल्धुरा । डडेल्धुरामा एउटा वयस्क चितुवा मृत फेला परेको छ । गत महिनामात्रै जिल्लाको गन्यापधुरामा एक चितुवा मृत अवस्थामा फेला परेको थियो ।

आज अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जंगलमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । चितुवा कसरी मर्‍यो भन्ने स्पष्ट जानकारी नभएको  र मृत चितुवा जिल्ला वन कार्यालय ल्याइएको कार्यालयले जनाएको छ ।

केहीदिन अगाडि जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इन्च लामो भाले चितुवा मृत फेला परेको थियो ।  रासस

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २३:३१
प्रतिक्रिया दिनुहोस्