site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्पले मुहान सुकेपछि खानेपानीको अभाव
प्रतीकात्मक तस्बिर ।

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट भएको हो । 

रिम्नावासी भावना रानाले भनिन्, “अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।”  

भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन् । उनले भनिन्, “हाम्रो दुःख बुझ्ने कोही भएनन् ।” रासस

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्