site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्दीपविरूद्ध  पुनरावेदन नगरिदिन उच्च अदालतमा निवेदन  

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगरिदिन अनुरोध गर्दै निवेदन दिएको खुलेको छ । निवेदन ‘गौशाला–२६’ ले दिएको हो कि अन्य कुनै युवतीले भन्ने स्पष्ट खुलाइएको भने छैन । तर गौशाला २६ कै नामबाट निवेदन प्राप्त भएको छ । 

उच्च सरकारी वकिल कार्यालय पाटनमा यही साउन ८ गते हस्तलिखित निवेदन दिएर उनले 'आफूमाथि बलात्कार नभएको' बताएको उच्च अदालत पाटनका सहन्यायाधिवक्ता महेश खत्रीले जानकारी दिए । उनले संस्थाको दबाबमा आफूले विगतमा जाहेरी दिएको भन्दै अब थप पुनरावेदन नगर्न आग्रह गरेको जानकारी दिए । 

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्