site stats
बाह्रखरी :: Baahrakhari
देश
लिखु खोलाको बहाबले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रामेछापको लिखु खोलास्थित साँघुटार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जुन बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार राति १०:५० बजे जलसतहले सतर्कता तह पार गरेको हो ।

"रामेछाप जिल्लास्थित लिखु खोला, साँघुटार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्रहरूमा रहनुहुनेहरूले बिहानसम्मै उच्च सतर्कता अपनाऔँ," विभागले भनेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २३:०९
प्रतिक्रिया दिनुहोस्