site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं, सिन्धुपाल्चोकसहित यी जिल्लाका नदीमा बहाव बढ्ने
काठमाडौंस्थित विष्णुमती नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

यस दिन रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, जाजरकोट, दैलेख, कालीकोट, अछाम र बाजुरा भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।

अबका तीन दिन कोसी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य घटबढ हुनेछ । नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह बढ्दो हुने महाशाखाको अनुमान छ ।

p1-1721877617.jpeg

p2-1721877617.jpeg

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्