site stats
बाह्रखरी :: Baahrakhari
देश
क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
प्रतीकात्मक तस्बिर ।

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  घुससहित पक्राउ गरेको छ । 

अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आज दिउँसो घुससहित पक्राउ गरेको हो ।
 
आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई एक लाख ५० हजार नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिए ।   
     
कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उनको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्