site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसमा कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री सिंहले आज नेपाली कांग्रेसका सांसद सुनिल यादवलाई अर्थमन्त्री, जनार्दन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्री नियुक्त गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी भएको छ । लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त भएका छन् ।

यसअघि उक्त मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेका थिए । उनलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आजै नेपाली कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । नवनियुक्त मन्त्रीहरूलाई मधेस भवनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्