site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ ।

महिला समितिमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयामा छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यस्तै, शिक्षा समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।

त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्