site stats
बाह्रखरी :: Baahrakhari
देश
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव भेटियो

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ । सशस्त्र प्रहरीको गोताखोरले आज दिउँसो उनको शव फेला पारेको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ घर भएर पोखरा महानगरपालिका–८ स्थित नागढुंगामा बस्दै आएका २५ वर्षीय सन्तोष सिंहखडा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले डिप ड्राइभ गरी झन्डै २० फिट गहिराइबाट उनको शव बाहिर निकालेको हो ।

उनको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्