site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शितलनिवासबाट बाहिरिए प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शितलनिवासबाट निस्किएका छन् । राष्ट्रपतिसँगको भेटपश्चात् उनी शितलनिवासबाट बाहिरिएको स्रोतले जानकारी दियो ।

भेटमा के विषयमा संवाद वा छलफल भयो भन्ने कुरा खुलाइएको छैन । उनी संसद् बैठक सकिएपछि राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । प्रचण्डले आज सदनमा विश्वासको मत लिएका थिए । तर, उनले विश्वासको मत पाउन सकेनन् ।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्