site stats
बाह्रखरी :: Baahrakhari
देश
भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी विष्ट पक्राउ

काठमाडौं । गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने विष्ट बिहीबार पक्राउ परेका हुन् । 

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै भिजिट भिसामा जान लागेकालाई नरोक्न दबाब दिएका थिए । 

असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए । 

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो ।

गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले मंगलबार विष्टलाई सेवाबाट हटाएका थिए । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्