site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रियुगाको जलसतह सतर्कता तह आसपास
फाइल तस्बिर ।

काठमाडौं । उदयपुरमा त्रियुगाखोलाको जलसतह मंगलबार सतर्कता तह आसपास पुगेको छ । वर्षासँगै त्रियुगाको गाईघाट जलमापन केन्द्रमा बहाव सतर्कता तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

खोलाको बहाव बढ्दो क्रममा छ । आज दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“असार २५, बिहान ०७ः५५ बजे । उदयपुर जिल्लास्थित त्रियुगा खोलाको गाईघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनुहुनेहरूले दिउँसोसम्म सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्