site stats
बाह्रखरी :: Baahrakhari
देश
सञ्चालनमा आयो जयपृथ्वी राजमार्ग

बैतडी । पहिराले अवरुद्ध खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकै ठूलो पहिरो गएपछि गएरातिदेखि सडक अवरुद्ध भएको थियो । 

बिहानदेखि सडक डिभिजन कार्यालयबाट मगाइएका लोडरसहितका मेसिन प्रयोग गरी अपराह्नपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

आइतबार राति दुईपटक पहिरो गएको थियो । पहिलोपटक गएको पहिरो हटाएर साँझतिर सडक सञ्चालन गरिएकामा फेरि पहिरोबाट सडक अवरुद्ध भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्