site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनमा लरी र मिनिबस ठोक्किँदा १४ जनाको मृत्यु 

किभिभ । पश्चिमी युक्रेनमा लरी र मिनिबस आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । 

सो घटनामा ६ वर्षीय बालकसहित १२ यात्रु र दुई चालकको मृत्यु भएको हो । एक महिला भने गम्भीर घाइते भएको जनाइएको छ ।

सो घटना स्थानीय रिभ्ने क्षेत्रको भिर्किभ गाउँमा भएको थियो । घटनाबारे दुख व्यक्त गर्दै युक्रेनका राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले मृतकका परिवारलाई समवेदना व्यक्त गरेका छन् । बीबीसी

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्