site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलतर्फ हिजबुल्लाहले गर्‍यो २०० रकेट प्रहार
तस्बिर : ईपीए ।

लेबनान । लेबनानी सशस्त्र समूह हिजबुल्लाहले उत्तरी इजरायलमा २०० रकेट र ड्रोन आक्रमण गरेको छ । हिजबुल्लाहका एक सिनियर कमान्डरको हत्याको विरोधमा आक्रमण गरेको जनाइएको छ ।

इजरायली सेनाले ब्यारेकमा एक अफिसरको मृत्यु भएको जनाएको छ । इजरायली सेनाले आफूले हिजबुल्लाहको सैन्य संरचना र दक्षिणी लेबनानमा आक्रमण लक्षित गरेको उल्लेख गरेको छ ।

इजरायलको ड्रोन आक्रमणमा होउला सहरमा एकजनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएका छन् ।

इजरायली आक्रमणमा परी हिजबुल्लाहका कमान्डर मोहम्मद निमाह नासिरको लेबनानी सहर टायरमा मृत्यु भएको थियो । इजरायलका अनुसार, नासिर इजरायलतर्फ आतंककारी हमला गर्न सामेल थिए । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्