site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुन थप सक्रिय हुने, ३० जिल्ला 'रेड जोन'मा

काठमाडौं । नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । न्यून चापीय रेखा थप केहीदिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास नै रहने भएकाले मनसुन अझ सक्रिय हुने सम्भावना रहेको मौसम पूर्मानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलिदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्ण बदली हुनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले ३० जिल्लाई 'रेड जोन'मा राखेको छ ।

कुन जिल्लाको अवस्था कस्तो ?

download-(30)-1720104587.png
 

 

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्