site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण कोरियामा भीडमा कार जोतिँदा नौजनाको मृत्यु
तस्बिर : रोयटर्स ।

सिउल । दक्षिण कोरियाको राजधानी सिउलमा एउटा कार भीडमा जोतिँदा कम्तीमा नौजनाको मृत्यु भएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार २१ः३० बजे भएको थियो ।

६८ वर्षीय एक व्यक्तिले ट्राफिक स्टपमा रहेका पैदलयात्रीतर्फ कार चलाएका थिए । चार अरू व्यक्तिलाई अस्पताल लगिएको योहाप न्युज एजेन्सीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

स्थानीय मिडियाका अनुसार, उक्त कार गलत दिशामा चलाइएको थियो । कारले अरू दुई कारलाई ठक्कर दिएको थियो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्