site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजार खुलेको एक मिनेटमै सकारात्मक सर्किट

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बजार खुलेको एक मिनेटमै सकारात्मक सर्किट लागेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज बजार खुलेको एक मिनेटमा ४ प्रतिशतले बढेर बन्द भएको हो ।

११ बजेर १ मिटेन जाँदा बजार ८२.४८ अंकले बढेर २१३५.८७ विन्दुमा बन्द भएको हो ।

एक मिनेटमा ८ करोड ६९ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । उक्त अवधिमा २१६ कम्पनीको सेयर मूल्य बढेको छ । 
 
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्