site stats
बाह्रखरी :: Baahrakhari
खेल
कोसी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु 

विराटनगर । मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ ।

कोसी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै कोसी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल खेलेर बाँच्ने र गौरव गर्न सक्ने अवस्था अझै बन्न नसकेको बताए । उनले खेलाडीहरू देशको गौरव हुन् भन्ने स्थापित गर्न प्रदेश सरकार र प्रदेश खेलकुद बोर्डले प्रयास गरिरहेको दाबी गरे । 

कबड्डी नेपालको धेरै खेलिने खेल र गौरवको खेल पनि भएको बताउँदै, सदस्यसचिव बस्नेतले भने, “खेलाडीहरूलाई सर्वोपरि ठानेर बोर्डले काम गरिरहेको छ ।”

सोमबार भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुरबीच ४३–४३ प्वाइन्टको बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् । प्रतियोगितामा प्रदेशका १२ जिल्लाको सहभागिता छ । 

मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, संखुवासभा र ओखलढुंगाको सहभागिता रहेको छ । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्