site stats
बाह्रखरी :: Baahrakhari
विदेश
राष्ट्रपतिको उमेदवारको दौड छोड्न बाइडेनलाई न्युयोर्क टाइम्स एडिटोरियल बोर्डको सुझाव
फाइल तस्बिर ।

न्युयोर्क । द न्यूयोर्क टाइम्सको एडिटोरियल बोर्डले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपतिको उमेदवारको दौडबाट फिर्ता हुन आग्रह गरेको छ । उनको गएको बिहीबार रातिको सीएनएन डिबेटपछि न्युयोर्क टाइम्सको बोर्डले सो सुझाव दिएको हो । 

शुक्रबार प्रकाशित उसको ‘ओपनियन  पिस’मा न्युयोर्क टाइम्सले बिहीबार राष्ट्रपति ‘ग्रेट पब्लिक सर्भेन्ट’को छायाँको रूपमा देखिएको जनाउँदै उनले आफ्नो दोस्रो कार्यकालमा के काम पूरा गर्न सक्छन् भन्ने बारेमा व्याख्या गर्न संघर्ष गरेको देखिएको जनाएको छ । 

त्यसैगरी बाइडेनले ट्रम्पलाई झुठो बोल्नबाट रोक्न नसकेको, उनको झुठलाई जवाफदेही बनाउन नसकेको र अर्को कुरा उनले वाक्य पूरा गर्न समेत नसकेको भनेर आलोचना गरेको छ ।

उसले डेमोक्रेटिक पार्टीमा अन्य विकल्प पनि रहेको चर्चा गर्दै देशको सुरक्षा र स्थिरताका लागि डेमोक्रेटिक पार्टीले जोखिम लिनुपर्ने कारण नभएको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्