site stats
बाह्रखरी :: Baahrakhari
देश
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोेमा पुरिएर नौजनाको मृत्यु भएको छ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका–८, काँडेबाँसको बिसौनामा एक दम्पती र स्याङ्जामा आमाछोरीको मृत्यु भएको छ ।

यस्तै, दाङको राजपुर गाउँपालिका–२, मटेरियामा चट्याङ लागेर स्थानीय ३९ वर्षीया भूमिसरा बुढामगरको मृत्यु भएको जनाइएको छ ।

ती घटनामा तीनजना घाइते भएका प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्