site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसी सेनाबाट फुत्किएर हिँडेका नेपालीको कथा
फाइल तस्बिर

काठमाडौं । ठूलो संख्यामा नेपाली नागरिक रुसी सैनिकमा आवद्ध भएर युक्रेनविरुद्धको युद्धमा ज्यान जोखिममा पारेर काम गरिरहेका छन् । 

उनीहरुलाई फिर्ता गरिदिन आग्रह गर्दै परिवारका सदस्यले हारगुहार गरिरहे पनि त्यो सम्भव भइरहेको छैन । यसै प्रसंगमा न्यूयोर्क टाइम्सले ‘रसियन आर्मीबाट कसरी फुत्किने’ शीर्षकमा त्यहाँबाट फुत्किएर हिंड्न सफल नेपालीको कथा प्रकाशित गरेको छ । 

दैलेख जिल्लाका कृष्णबहादुर शाही एकजना त्यस्ता व्यक्ति हुन् उनी नेपालबाट मानव तस्करको जालोमा परेर रुसी सेनामा भर्ना हुन पुग्छन् ।  त्यहाँ अप्ठेरो परेर भाग्ने प्रयास गर्दा फेरि समातेर फ्रन्टलाइनमा नै पु¥याइन्छ र त्यहाँ युक्रेनी सेनाको ६ वटा गोली लागेर पनि बाँच्न सफल हुन्छन् । 

गोली लागेपछि अस्पतालमा उपचार गर्न लगेको बेलामा उनी नेपालमा परिवारसँगको सम्पर्कमा पुग्छन् र परिवारको सहयोगमा मध्यस्थकर्ताको सहयोगबाट राजधानी मस्कोस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेर उनी नेपालतर्फ उड्न सफल भएको कथा त्यसमा उल्लेख छ । 

इन्जिनियर उनी एकजना तस्करलाई रकम बुझाएर त्यसतर्फ गएका थिए ।  उनी अन्डरवर्ल्ड ट्राफिकर्सको जालोमा नेपालबाटै परेका थिए ।  जसले विदेशी लडाकूहरु युक्रेनसँग लड्नका लागि रसियाको सेनामा भर्नाका लागि पठाउने गरेको थियो । 

त्यसको पाइपलाइन बन्द गर्न नेपाल सरकारले प्रयास गरे पनि सम्भव भएको छैन ।  

यद्यपि रसियाको सेना यसैमा भर परिरहेको छ । जसले  लडाइँको शक्ति बढाउन गरिबीमा रहेका शाहीजस्ता विदेशी युवाप्रति भर गरिरहेको छ जबकि उनीहरुलाई लडाईंमा जानुपर्छ भन्ने थाहा समेत छैन । 

शाही सोच्न सक्ने र राम्रोसँग बोल्न सक्ने २४ वर्षिय पश्चिमी नेपालको दैलेखका इन्जिनियर हुन् । उनले पानीको ट्यांकी बनाउने क्रममा छोटो अवधीकोलागि कन्ट्रयाक्ट गरेपछि ठोस कामको सम्भाव्यता खोज्दै थिए ।  नेपाल एसियाको सबैभन्दा गरिब मुलुकमा पर्दछ । उनका आमाबाबु कोेदो रोप्ने किसान हुन् । उनीहरुसँग पैसा छैन ।  यही कारणले पैसाका लागि उनी रसियन सेनामा भर्ना भएका थिए । 

उनको गाउँमा पूर्व नेपाली सैनिकले मानव तस्करका रुपमा उनलाई त्यता पुर्याएको हो ।  जसले उनलाई मस्कोको उडानको तत्कालै व्यवस्था गर्न सक्ने बताएका थिए ।  त्यो व्यवहार ठोस खालको देखियो । उनले तस्करलाई ५ हजार ६सय डलर तिर्नुपर्ने र उनले रसियामा महिनाको २ हजार २ सय डलर पाउने गरी सिपाहीको जागिर पाउने भनिएको थियो । 

उनलाई बेसको गार्डको रुपमा काम दिइने भनिएको थियो ।  फ्रन्टलाइनमा जानुपर्छ भनिएको थिएन । रिवार्र्डस्वरुप चाँडै उनले रसियाली नागरिकता पाउने जनाइएको थियो ।  काठमाडौंबाट मस्को पुगेपछि शाही गएको अक्टोबर अन्तिमतिर  मस्कोबाट पूर्वतर्फ केहीघण्टाको ड्राइभपछि रसियाको आर्मी बेसमा पुगेका थिए । 

बेसमा केही सय नेपाली थिए । केही चाइनिज पनि थिए ।  सेनाको कमोफ्लेज(छलावरण) र कान छोप्ने ह्याट लगायतको युनिफर्म, हातहतियार, तालिम, यातायातलगायतका कुरा देख्दा उनलाई रसियाको सेना केन्द्रिकृत र संगठित छ भन्ने लागेको थियो ।

तर त्यो प्रभाव चाँडै बदलियो ।  उनले दुई साताको आधारभूत तालिम लिए ।  उनलाई रुसले अधिनस्थ गरेको युक्रेनी सहर डोनेत्सकमा फ्रन्टलाइनमा जानुपर्ने  भनियो ।  उनी डराए र आफूमाथि धोका भएको महसुस गरे । 

उनले विरोध गर्ने प्रयास गरे । उनले भनेका थिए, “म तयार छैन ।” बरु यसको सट्टामा उनले जेलमा बस्ने भनेका थिए । तर त्यो विकल्प थिएन ।  कैदीलाई समेत त्यहाँ फ्रन्टलाइनमा लगिएको थियो । उनी जानैपर्ने भयो । उनको फ्रन्टलाइन युनिट मिश्रित थियो । जसमा रुसी अभियुक्तहरु  थिए । 

कैदीहरु धेरै पिउनुपर्ने खालका थिए । मोटा र अनुमान गर्नै नसक्ने खालका टाटूले ढाकिएका थिए । “उनीहरु त्यति मायालाग्दा पनि थिएनन्,” उनले व्यंग्यात्मक रुपमा भने ।   उनीहरुले नेपालीमाथि ज्यादती गरे । हेल्मेटले हिर्काउने, बन्दुकको कुन्दाले हिर्काउने, अनि रसियनमा उनीहरुमाथि चिच्याउँदै गाली गर्ने काम गरे । शाहीले उनीहरुका केही शब्द मात्रै बुझ्थे ।

डिसेम्बरमा उनले ब्रेक लिने निर्णय गरेका थिए । उनकी पत्नी अलिसा काठमाडौं आएर शाहीका बारेमा रसियामा रहेका नेपालीलाई सम्पर्क गरेर सोधेकी थिइन् ।  उनीहरुमार्फत केही ट्राफिकर्स सम्पर्कमा आए ।   उनीहरुले संयु्क्त रुपमा एउटा योजना बनाए । उनले ४ हजार युरो तिर्नुपर्ने भयो । किस्तामा डोनेत्सकबाट कारमा बाहिर लग्ने बताए । 

त्यहाँबाट मारिओपोलमा लग्ने कुरा थियो । त्यहाँबाट मस्को । शाही र अन्य केही नेपालीले त्यहाँको काम छोडे । त्यसपछि उनीहरु क्षतिग्रस्त अपार्टमेन्ट भएको मारिउपोल तर्फ ट्याक्सीमा गए । 

उनीहरु भुईंमा सुते । तर, तस्करसँग त्यहाँबाट निस्कने योजना थिएन । केही दिनपछि बिहान ४ बजे प्रहरीको एउटा स्क्वाडले सबैलाई पक्राउ गर्‍यो । उनीहरुले पक्राउ मात्रै गरेनन् कुटे पनि ।  दया गर्न शाहीले आग्रह गरे । 

उनीहरु नेपाली विद्यार्थी भएको र युरोप जान चाहेको भनेका थिए । जब उनीहरु मारिउपोली जेलमा पर्खिरहेका थिए प्रहरीले रुसी आर्मीको इलेक्ट्रोनिक बुलेटिन प्राप्त गर्‍यो ।

जहाँ केही नेपालीलाई खोजिरहेको जनाइएको थियो ।  त्यसपछि खेल सकियो ।  आर्मीले उनीहरुलाई फेरि डोनेत्स्कको फ्रन्टलाइनमा लग्यो । त्यो समयमा हिउँबाट भरिएको एउटा बंकर थियो । त्यहाँ कुनै खाना र पानी थिएन । उनीहरुले बरफ खाए । त्यसपछि कडा फ्रोजन बिफ खानुपर्‍यो । जुन शाहीको हिन्दु धर्मको विरुद्धमा थियो । तर उपाय थिएन । 

शाही र त्यहाँ रहेका आधा दर्जन नेपालीलाई त्यो स्थान छोड्ने स्वतन्त्रता थिएन । उनीहरुलाई आराम गर्ने र केही गर्ने पनि अधिकार थिएन । त्यो बंकरमा बस्ने र फाइट गर्ने काम मात्रै थियो । 

केही दिनपछि रसियन कमाण्डर त्यहाँ पुग्यो र युक्रेनियन ट्रेन्च लाइनतर्फ जान भनियो । उनीहरु गएको देखेर युक्रेनियनले गोली प्रहार गरे । शाहीको बायाँ पाखुरा र दायाँ खुटटामा ६ पटक गोली लागेको थियो । 

अलमलिएको अवस्थामा झण्डै बेहोस भएर रगत चुहाउँदै उनी फस्ट एड स्टेशनतर्फ घस्रिएर गए । दुखिरहेको अवस्थामा उनले त्यहाँ अन्य नेपाली पनि भेटे । जसलाई उनले एटीएम कार्ड र मोबाइल फोन पनि दिए । 

उनले आफ्नो परिवारलाई फोन गरेर अब आफू यो संसारमा नभएको भनिदिन आग्रह गरेका थिए ।  तर रसियाले उनलाई उपचारका लागि इमर्जेन्सी हेलिकोप्टरमार्फत युक्रेनसँग सीमा जोडिएको रसियन सहर रोस्तोभअनरडोनमा लिएर गयो । 

सर्जनले गोली झिकिदिए । र उनको घाउमा सुधार भयो । उनी त्यो बेलामा डिप्रेसनमा जाने अवस्थामा थिए र आत्महत्या गर्ने बारेमा पनि सोचे ।  “मैले थाहा पाएँकि म चाँडै निको हुँदैछु । म ठिक भएँ । उनीहरु मलाई फेरि पठाउनेवाला थिए । तर, म त्यो फेस गर्ने अवस्थामा थिइन,” उनले भनेका छन् । 

उनी पत्नीसँग कुरा गर्न अधैर्य थिए । बढार्न आउने रुसी मानिसले शाहीले नेपाली भनेपछि उसको फोनमा अनुवाद गर्ने एप खोल्यो ।  शाहीले मलाई फोन देउ म पछि तिर्छु भनेका थिए ।  रसियन मानिसले मुस्कान दियो । त्यही दिन एउटा नयाँ फोन आयो । 

नेपाली सिपाहीहरु रुसी आर्मीबाट फुत्किन चाहन्थे ।  रोल्पाका कृषि सम्बन्धी विद्यार्थी खगेन्द्र खत्री अक्टोबरमा अरु रिक्रुट भएका ५० नेपालीसँगै मस्कोका लागि उडेका थिए । सुरुमा उनीहरु सबै असन्तुष्ट थिए । 

तर पछि तालिम लिएपछि र रिक्रुट भएपछि उनीहरुले ग्लोरी भिडियो सार्वजनिक गर्न थालेका थिए युक्रेनको फ्रन्टलाइनमा । त्यसपछि उनको सोचाई फेरियो ।  उनले एक दिन ट्याक्सी आउँदै गरेको देखे । गुगल अनुवादबाट आफू पर्यटक भएको र मस्को पुग्नुपर्ने भने । 

ड्राइभरले १५ घण्टा ट्याक्सी चलाएर लिएर गयो । पछि उसले एक रुबल पनि लिन मानेन ।  मध्यस्थमार्फत काठमाडौंको फ्लाइटको प्रयास गरे । उनी अहिले रोल्पा फर्किएका छन् । उनले भने, “कतिपय रुसी निकै मद्धत गर्ने खालका छन् । त्यो ड्राइभरले मद्धत नगरेको भए म त्यो दिन मर्ने थिएँ ।”

शाहीको भनाई पनि उस्तै छ । नयाँ फोनबाट उनले पत्नीसँग कुरा गरे । उनले आफना आफन्तसँग करिब ८ हजार डलर सापटी लिएकी थिइन् ।  उनीहरुसँग अर्को ट्राफिकर्स समूहमार्फत शाहीलाई फिर्ता ल्याउन प्रयास गर्ने कुरा थियो । 

जनवरी २३ को बिहान शाही रोस्टोभ अस्पतालबाट बाहिर आए ।   उनी नजिकै पर्खिरहेको ट्याक्सीमा चढे । ड्राइभरलाई एपबाट कम्युनिकेसन भइरहेको थियो । उनलाई ट्याक्सीले मस्कोस्थित नेपाली दूतावासमा छोड्यो । 

शाही जनवरी २४ को बेलुका ८ बजेतिर नेपाल प्रस्थान गर्नुअघि यूएईको सारजहाँ जान विमानस्थलको टर्मिनलमा जाँदै थिए ।  त्यही बेला इमिग्रेसन डेस्कमा रुसी बोर्डर पुलिस एजेन्टले विभिन्न प्रश्न सोध्यो । तिमी घाइते रहेछौ यही उपचार सजिलो छ किन नेपाल जान लागेको समेत भन्यो । उनले नबुझेझैं गरे । बल्ल विमान उड्न १५ मिनेट बाँकी हुँदा उनी उम्के । उनले भने “मैले मेरो जीवन आफैं जोगाएँ ।” (न्यूयोर्क टाइम्समा आधारित)
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्