site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पेरुमा ७.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

लिमा । दक्षिणी पेरूमा ७.२ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रधानमन्त्री गुस्ताभो एड्री्आन्जले जनाएका छन् ।

भूकम्पले राजधानी लिमाबाट करिब ६०० किलोमिटर दक्षिणमा रहेको एटीक्विपा क्षेत्र बढी प्रभावित भएको छ । भूकम्पको झड्का राजधानीसम्म महसुस गरिएको जनाइएको छ ।

सीसीटिभी फुटेजमा नजिकको सहर काराभेलीका बासिन्दा भूकम्पपछि घरबाट बाहिर निस्केका थिए ।

द प्यासिफिक सुनामी वार्निङ सेन्टरले  प्रारम्भिक अनुमान अनुसार पेरूको तटीय क्षेत्रमा एकदेखि तीन मिटर वेभसहितको सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

सीएनएनबाट ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्