site stats
बाह्रखरी :: Baahrakhari
देश
कडा रोगका बिरामीलाई तीन महिनाको औषधि दिन बिमा बोर्डको ताकेता 

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले कडा रोगका बिरामीलाई तीन महिनासम्मको औषधि एकमुष्ठ उपलब्ध गराउन अस्पतालहरूलाई ताकेता गरेको छ ।

केही कडा रोगका बिरामीले एकमुष्ठ औषधि नपाएको गुनासो गरेपछि बोर्डले यस्तो ताकेता गरेको हो । 

२०८० मंसिर २७ गतेको बोर्ड बैठकले नियमित औषधि सेवन गर्ने बिमितलाई तीन महिनाको औषधि एकैपटक दिने निर्णय गरेको थियो । सो निर्णय कतिपय अस्पतालहरूले कार्यान्वयन नगरेको बोर्डले जनाएको छ । 

notice-bima-board-1719556041.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्