site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा सडक भासिँदा आवागमनमा समस्या

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४, चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । 

अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुुमार शर्माले जानकारी दिए । 

उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उजले जानकारी दिए । सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उनले बताए । रासस

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्