site stats
बाह्रखरी :: Baahrakhari
देश
डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सुर्खेत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर शनिबार दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।

काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना विष्ट र १० वर्षीया सुबिना बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए ।

प्रहरीका अनुसार, दुवैजना शनिबार बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए । विष्ट ५ र बुढा कक्षा–२ मा अध्ययनरत थिए । रासस

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्