site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर–सुडा सडकखण्डमा गएराति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकका अनुसार महेन्द्रनगरबाट दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो । 

दैजीतर्फ गइरहेको ट्याक्टरमा सोही दिशातर्फ गइरहेको सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्