site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा जुवातास खेलिरहेका पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–५, भीमसेनटोलका ३३ वर्षीय सुजनकुमार रानासहित पाँचजना छन् ।

स्थानीय इन्द्रबहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ३१ हजार ६०५ रुपैयाँ र चार बुक ताससहित सोमबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्