site stats
बाह्रखरी :: Baahrakhari
देश
यी नदीमा बहाव उल्लेख्य बढ्ने, आकस्मिक बाढीको जोखिम
झापाको रतुवा नदीमा सोमबार (हिजो) बिहान आएको बाढीको दृश्य । तस्बिर : यज्ञराज आङदेम्बे/रासस ।

काठमाडौं । अबका तीन दिन देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र लमजुङ भई बहने केही साना नदीमा आकस्मिक बाढीको सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, गोरखा र कास्की भई बहने साना नदीहरूमा पनि बहाव बढ्ने सम्भावना छ ।

नारायणी र यसका प्रमुख सहायक नदीहरू बूढीगण्डकी, मर्स्याङदी तथा पूर्वी राप्ती, कमला, वाग्मती र यसका सहायक नदीहरूमा पनि जलसतह सामन्य बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

p1-1718680643.png
p2-1718680657.png
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्