site stats
बाह्रखरी :: Baahrakhari
देश
संखुवासभामा पहिरोले पुरिएर युवकको मृत्यु, तीनजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिका–३ स्थितमा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । बर्दियाको बारबर्दिया नगरपालिका–४ का २१ वर्षीय गंगाराम थारुको पहिरोमा पुरिएर मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

मंगलबार राति परेको अरिवल वर्षाले चिचिला–३ स्थितमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको कामदार बस्ने १४ मध्ये तीन वटा कोठा पहिरोले बगाएको छ । कोठामा सुतिरहेका थारुको पुरिएर मृत्यु भएको हो । 

पहिरोमा परी बारबर्दिया नगरपालिकाका ३४ वर्षीय गोविन्द थारु, मकवानपुरका २७ वर्षीय उमेश कार्की र संखुवासभाको चैनपुरका ३५ वर्षीय गोपाल तामाङ घाइते भएका छन् । घाइतेहरू सामान्य उपचारपश्चात् काममा फर्किसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्