site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिशूली नदीमा हराएका दुई बालकमध्ये एकजनाको शव फेला 

काठमाडौं । धादिङको घाटबेसीबाट हराएका दुई बालकमध्ये एकजनाको शव फेला परेको छ ।  गजुरी गाउँपालिका–५ घाटबेसीबाट शनिबार हराएका दुई बालकमध्ये एकजनाको शव आइतबार सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो । 

शनिबार अपरान्ह ४ बजेदेखि हराएका १५ वर्षीय युनिक सुवेदी र १३ वर्षीय रिदम रोइलाले लगाएको कपडा त्रिशूली नदीको किनारमा भेटिएपछि उनीहरूको खोजीकार्य सुरू गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजीकार्य गर्दा आइतबार दिउँसो युनिकको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार कपडा भेटिएको भन्दा १५ मिटरमाथि त्रिशूली नदीको करिब २० फिट गहिराइमा युनिकको शव फेला पारेको हो । रिदम रोइलाको भने खोजीकार्य जारी रहेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्