site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।  भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी आइतबार भारतको दिल्ली प्रस्थान गरेका हुन् ।

दिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार साँझ भारतीय प्रधानमन्त्री मोदीले एक विशेष समारोहका बीच तेस्रो कार्यकालको लागि शपथ लिँदै छन् । सोही कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड भारत गएका हुन् । 

Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् । 

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा सहभागी भई सोमबार साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

prachanda-(2)-1717919427.jpg

prachanda-(1)-1717919427.jpg

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्