site stats
बाह्रखरी :: Baahrakhari
विदेश
श्रीलंकामा बाढीपहिरोबाट कम्तीमा सातजनाको मृत्यु

कोलम्बो । श्रीलंकामा बाढी र पहिरोका कारण कम्तीमा सातजनाको मृत्यु भएको छ । देशको आपदा प्रबन्धन केन्द्रका तर्फबाट यसबारे जानकारी गराइएको छ ।

कोलम्बोको बाहिर सितावाकामा बाढीका कारण एकै परिवारका तीनजनाको मृत्यु भएको छ । कैयौँ इलाकामा बिजुलीको आपूर्ति बन्द भएको छ । सोमबार विद्यालय बन्दको घोषणा गरिएको छ ।

नौ जिल्लामा पहिरोसम्बन्धी चेतावनी जारी गरिएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्