site stats
बाह्रखरी :: Baahrakhari
देश
दार्चुलामा यार्सा टिप्न गएका युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

खलंगा । दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–३, राताभिटाका २४ वर्षीय मिलन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

अपिहिमाल गाउँपालिका–३, काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार बेलुका कार्कीको मृत्यु भएको उनले जानकारी दिए । रासस
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्