site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेटमणि भन्छन्– देश गन्जागोल अवस्थामा छ, कसरी निकास दिन सकिन्छ भनेर संवाद भयो 
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले देश गन्जागोल अवस्थामा पुगेकाले संवाद गर्न कांग्रेस सभापति शेरबहादुर देउवाकोमा पुगेको बताएका छन् । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफलपश्चात् बाह्रखरीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले मधेस प्रदेश सरकारलगायत विषयमा सामान्य छलफल भएको बताए । “खासमा उहाँको स्वास्थ्य अवस्था बुझ्न गएका हौँ,” उनले भने, “मधेस प्रदेश सरकार मात्र होइन देशनै गन्जागोल भएको बेला कसरी निकास दिने भनेर सामान्य छलफल भयो ।”
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्