site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको मिजोरम पहिरोबाट १५ जनाको मृत्यु

मिजोरम । भारतको मिजोरमको राजधानी आइजोलमा आएको पहिरोबाट एक पत्थर खानीमा ११ जनाको मृत्यु भएको छ । सो घटनामा कयौं मानिस माटोमा पुरिएको अनुमान गरिएको छ ।

मुख्यमन्त्री लाल दुहोमाले सबै घटनामा गरी मृत्यु हुनेको संख्या बिहानसम्ममा १५ पुगेको छ । उनका अनुसार चक्रवाती तुफान रेमलका कारण प्रभावित पीडितलाई राहत पुर्‍याउन १५ करोड रुपैयाँ छुट्याइएको  छ ।

उनका अनुसार मृतकका परिवारलाई प्रतिमृतक चार लाख रुपयाँ दिइने जनाइएको छ । सो क्षेत्रमा भीषण वर्षा समेत भइरहेको जनाइएको छ । आँधीका कारण बिजुलीको खम्बा र रुख पनि ढलेका छन् । इन्डियन एक्सप्रेस
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्