site stats
बाह्रखरी :: Baahrakhari
देश
बढुवा भएका चार डीआईजीलाई दर्ज्यानी चिह्न

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका चार डीआईजीले दर्ज्यानी चिह्न लगाएका छन् ।

गृहमन्त्रीस्तरको निर्यणअनुसार जेठ १३ मा बढुवा भएका डीआईजी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीले दर्ज्यानी चिह्न लगाएका हुन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सोमबार उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

उनीहरूसँगै गृह मन्त्रालय सचिवस्तरको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहले समेत दर्ज्यानी चिह्न लगाएका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्