site stats
बाह्रखरी :: Baahrakhari
देश
बूढानीलकण्ठ नगरपालिकाका मेयरसहित तीनजनालाई जेल सजाय
मेयर मिठाराम अधिकारी । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एक/एक महिना कैद सजाय सुनाएको हो ।

मेयर अधिकारीसहित अदालतले नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाएको छ ।

विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा पनि नमानी अदालतको मानहानि गरेको अभियोगमा उक्त फैसला सुनाइएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्