site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली नोटसहित सानेपाबाट एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नक्कली नोटसहित ललितपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० का १८ वर्षीय किशोर छन् ।

उनका साथबाट नेपाली एक हजार दरका पाँचथान नक्कली नोट बरामद गरिएको छ । ललितपुर–२, सानेपाबाट बिहीबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी बिट सानेपाबाट खटिएको टोलीले उनलाई उक्त नोटसहित पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्