site stats
बाह्रखरी :: Baahrakhari
देश
तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आईपीभी खोप लगाइने भएको छ ।

तारकेश्वर नगरपालिकाका अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्