site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलाश सिरोहियालाई आजै धनुषा पठाउने प्रहरीको तयारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आजै धनुषा पठाउने तयारी गरेको छ ।

दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई अहिले उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ ।

यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । 

धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयका एसपी रवीन्द्र रेग्मीको कमान्डमा कान्तिपुरको हेडक्वाटर पुगेको प्रहरी टोलीले सिरोहियालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्