site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाको आजका निम्ति निर्धारित बैठक बस्दै नबसी स्थगन गरिएको छ । बैठक सोमबार (भोलि) दिउँसो १ः१५ बजे बस्ने गरी स्थगन गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेशका निम्ति गठित कार्यदलमा सहमति नजुटेपछि बैठक स्थगन गरिएको हो ।

Argakhachi Cement Island Ad

यसअघि, आइतबारै दिउँसो १ः१५ का निम्ति निर्धारित बैठकको समय सूचना टाँस गरी ३ः१५ का लागि सारिएको थियो । बैठक सूचना टाँस गरी स्थगन गरिएको हो ।

efidmsg-1716113101.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्