site stats
बाह्रखरी :: Baahrakhari
देश
१६० किलो गाँजासहित धनकुटाबाट एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । १६० किलो गाँजासहित धनकुटाबाट एकजना पक्राउ परेका छन् । सहिदभूमि गाउँपालिका–४, खोकुका २७ वर्षीय युगेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार (हिजो) राति उनलाई खोकुबाटै पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्र.१–०२–००२ च ६५६१ नम्बरको बोलेरो जीप चलाएर उनी खोकुबाट पिप्लेतर्फ जाँदै थिए । प्रहरीले जाँच गर्ने क्रममा गाडीमा १२ बोरामा लुकाइएको उक्त परिमाणको गाँजा फेला पारी चालक युगेनलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्