site stats
बाह्रखरी :: Baahrakhari
देश
मादी नदीमा बालकको शव फेला
प्रतीकात्मक तस्बिर ।

दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा शनिबार एक बालकको शव भेटिएको छ । नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो ।

मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए । निजको सनाखतका निम्ति प्रयास भइरहेको उनको भनाइ छ ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्