site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन् । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्